नेभिगेशन
समाचार

सांसद शर्माको प्रमाणपत्र छानविनको माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माको प्रमाण पत्र छानबिनको माग गर्दै माओवादी निकट अखिल क्रान्तिकारीले प्रदर्शन गरेका छन् । 

सांसद शर्माको प्रमाणपत्र छानविनको माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्कीको समूहले काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले शर्मालाई कारवाही गर्न समेत माग गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले शैक्षिक माफियाहरु होसियार, नक्कली डाँक्टर चाहिदैन, देश लुट्न पाइदैन, भ्रष्टाचारी जोगाउन संसद अवरद्ध गर्नेहरु होसियार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार