Nic Ad Nic Ad
Nic Ad Nic Ad

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यक : राष्ट्रपति पुटिन

मंगलबार, साउन ३०, २०८०

मस्को– विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर  सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

मस्कोमा आयोजित अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा मङ्गलबार उनले सो धारणा राखेका हुन् ।

‘बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भने ‘अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित, परम्परा, संस्कृतिको रक्षा गर्न तयार छन् ।’ रुसी नेताको धारणा छ , ‘बहुध्रुवीय विश्व व्यवस्थाले अन्ततः स्थिर र दिगो विश्वव्यापी विकासमा योगदान पुर्याउँछ र दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीहरूको समाधान गर्न मद्दत गर्दछ।’

उनले भने, ‘हाल विश्वभर नयाँ द्वन्द्व उक्साउने र विद्यमान द्वन्द्वलाई बढाउने प्रयास गर्नेहरूले राष्ट्रहरूलाई विभाजन गरेर शक्तिकेन्द्रको आज्ञाकारी बनेको र अन्य राज्यहरूको स्रोतको दोहन गरेर 'मानव त्रासदी'बाट फाइदा लिन खोजिरहेका छन् ।’

‘संयुक्त राज्य अमेरिकाले एशिया–प्रशान्त क्षेत्रमा अन्तरराज्यीय सम्बन्धको विद्यमान प्रणालीलाई उपयुक्त ठान्दै  पुनर्संरचना गर्ने इच्छा राखेको छ र  वाशिङ्गटनको इन्डो(प्यासिफिक रणनीतिहरू अमेरिकी नेतृत्वमा सैन्य र राजनीतिक संघहरू गठन गर्ने उद्देश्यले मात्र अभिप्रेरित छ’, पुटिनको धारणा छ । 

नेटो सदस्य राष्ट्रहरूले सक्रिय रूपमा आफ्नो आक्रामक क्षमताको निर्माण गरिरहेका छन् र अन्य राज्यहरूमा दबाब दिन सैन्य र गैर–सैन्य माध्यमहरू प्रयोग गरिरहेको राष्ट्रपति पुटिनको दाबी छ ।

युक्रेनमा अर्बौं डलर लगानी गर्दै कीभलाई उपकरणहरू आपूर्ति गरेर पश्चिमी राष्ट्रहरूले द्वन्द्वलाई अझ  चर्काउँदै लगेको र अन्य देशहरूलाई यसमा तानिरहेको पुटिनको धारणा छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्