Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाखलाग्दो संयोग : चिनियाँ सैन्य अधिकारी भेटेर भारततिर किन जाँदैछन् प्रधानसेनापति शर्मा ?

बुधबार, साउन ३१, २०८०

काठमाडौंपरस्पर प्रतिस्पर्धी रहेका दुई छिमेकी मुलुक चीन र भारतको नेपालमा चाखलाग्दो सैन्य कुटनीति देखा परेको छ। प्रधानसेनापति महारथी प्रभुरामश शर्माले दुवै देशका सैन्य उच्च अधिकारीसँग पारस्परिक सहयोग र सहकार्यको संवाद गर्नेछन्।

चारदिने भ्रमणका लागि मेजर जनरलको नेतृत्वको ८ सदस्यीय टोलीलाई सैन्य मुख्यालयमा बुधबार प्रधानसेनापति शर्माले भेटवार्ता गर्नेछन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति शर्मासँग भेट्ने तालिका बनिसकेको छ।

तिब्बत मिलिट्री कमान्डका मेजर जनरल यू एन दे नेतृत्वको टोली चारदिने भ्रमणका लागि काठमाडौं उत्रिनेछ। उनीसँगको यो भेट सैन्य कुटनीतिका लागि निक्कै महत्वपूर्ण हुने सैनिक उच्च स्रोतले जनाएको छ।

चिनियाँ सेनासँगको भ्रमण सैन्य कुटनीतिका लागि मात्र नभएर राजनीतिक सम्बन्धका लागि पनि महत्वपूर्ण मानिन्छ। किनभने, चीनको राजनीतिमा सेनाको भूमिका प्रभावकारी र निर्णायक हुनेछ। एक पूर्वप्रधानसेनापति भन्छन्,‘शिष्टाचार मात्र नभएर सैन्य सहकार्य  सहयोगका लागि पनि यस्तो भेट महत्वको मानिन्छ।

यो भेटपछि प्रधानसेनापति शर्माको लगत्तै हुने भारत भ्रमणको विषयले सैन्य कुटनीतिमा रोचक परिदृश्य र सम्भावनाको खाका कोरेको छ।

शर्मा अर्को साता भारत जाने निश्चित भएको छ। भारत भ्रमणका क्रममा शर्माले त्यहाँका सुरक्षा प्रमुख अनिल चौहान र भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गर्नेछन्। शर्मा भारतका लागि मानार्थ सैनिक प्रमूख पनि हुन्। यो धेरै अघिदेखि नेपालभारत सैन्य सम्बन्धमा स्थापित प्रचलन हो।

जनरल अनिल चौहान भारतका दोस्रो सुरक्षा प्रमुख हुन्। नेपाली सेनालाई दुईवटा हेलिकोप्टर दिने सम्झौता भए पनि नेपाल आउन केही महिना लाग्ने भारतीय स्रोतले जनाएको छ।

नेपाली सेनाको बलियो सैन्य सम्बन्ध अमेरिकासँग पनि रहेको छ। केही महिनाअघि अमेरिकी सैन्य अधिकारीको एउटा टोली संयुक्त अभ्यासका लागि नेपाल आएको थियो। यसलाई महत्वपूर्ण रुपमा हेरिएको थियो।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्