Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला विश्वकपको फाइनल पुगेर इङल्यान्डले रच्यो इतिहास, स्पेनसँग भिड्ने  

बुधबार, साउन ३१, २०८०

एजेन्सी - इङल्यान्डले आयोजक अस्ट्रेलियालाई हराउँदै महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ । सिड्नीमा भएको सेमिफाइनलमा आयोजकविरुद्ध इङल्यान्डले ३–१ को जित निकाल्यो । 

इङल्यान्डबाट इल्ला टोनीले खेलको ३६ औं मिनेटमा गोल गरेकी थिइन् । ६३ मिनेटमा साम खेरले आयोजक टिमका लागि बराबरी गोल फर्काइन् । ७१ मिनेटमा लरेन हम्पले गोल गर्दै इङल्यान्डलाई २–१ ले अग्रता दिलाइन् । 

एलिसिया रुसोले ८६ मिनेटमा अर्को गोल गर्दा इङल्यान्ड फाइनल पुग्यो । १९६६ को पूरुष विश्वकप विजेता इङल्यान्डले यस जीतसँगै पूरुष र महिलातर्फका दुबै विश्वकप खेल्ने थोरै टिमहरुको सुचीमा आफुलाई दर्ज गर्‍यो । 

यसअघि ब्राजिल, स्विडेन,  नेदरल्यान्डस्,  जर्मनी र स्पेनले मात्रै यस्तो किर्तिमान बनाएका थिए । सन् २०१० को पूरुष विश्वकप विजेता स्पेनले मंगलबारमात्रै स्विडेनलाई सेमिफाइनलमा हराएर यस्तो किर्तिमान बनाएको थियो । 

स्पेन र इङल्यान्डबीचको फाइनल खेल आइतबार हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्