Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै विद्यार्थी संगठनको प्रदर्शन

बुधबार, साउन ३१, २०८०

काठमाडौँ– शिक्षासम्बन्धी समस्यालाई समाधान गर्नेगरि शिक्षा सम्बन्धी ऐन आउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । 

शिक्षामा नीजिकरण र व्यापारिकरणको अन्त्यसहितको समग्र शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले शिक्षित जनशक्ति वेरोजगार बन्नुपर्ने र शिक्षाका नाममा प्रतिभा र पूँजी पलायनको समस्या शिक्षा ऐनद्वारा समाधान गर्नुपर्ने माग गरेका छन् । विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा दलिय भागवण्डाको अन्त्य गर्नुपर्ने र विश्वविद्यालयको वैज्ञानिक शैक्षिक क्यालेण्डर बनाई अनिवार्य कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने कहिले सम्म ?, शिक्षाको पूर्ण दायित्व राज्यले बहन गर, विश्वविद्यालयमा दलिय भागबण्डाको अन्त्य गर्नुपर्ने लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्