महिला विश्व कप : उपाधिका लागि आइतबार इङ्ल्यान्ड र स्पेन खेल्ने
काठमाडौँ - फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् ।
बुधबार भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।
फाइनल खेल आइतबार हुनेछ । अस्ट्रेलियाले तेस्रो स्थानका लागि शनिवार स्वीडेनसँग खेल्नेछ ।
अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको महिला विश्व कपमा ३२ टोली सहभागी छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० ०७:२१
प्रतिक्रिया दिनुहोस्