सन्दीपको मुद्दामा पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश
काठमाडौं - सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश भएकाे छ ।
जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले पीडित गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका हुन् ।
आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।
अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १४:१०
प्रतिक्रिया दिनुहोस्