नेभिगेशन
समाज विविध

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ  - मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर र पूर्वमा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ।

न्यून चापीय क्षेत्र पनि भारतको ओडिसा आसपासमा छ। आज बिहान मधेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसारम अहिले गण्डकी प्रदेशका थोरै स्थानहररू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ।

 देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू- भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति देशभर आँशिक देखि सामान्य बदली रही कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध