संसद् अवरोध नियमसंगत छैन्, सबै दलहरु गम्भीर हुनुपर्छ : सुवास नेम्वाङ
काठमाडौँ– नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको अवरोध नियमसंगत नरहेको बताएका छन् ।
संघीय संसद सचिवालयले शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा बोल्दै नेम्वाङले संविधानले अवरोध गर्ने कुरालाई अनुमति नदिएको र नियमले पनि अवरोधको कल्पना नगरेको भन्दै संसदको अवरोध नियमसंगत नरहेको बताएका हुन् ।
नियमसंगत नहुँदा राजनीतिकरुपमा गरिने अवरोधको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धीत दलको भएको उनले बताए । नेम्वाङले बहुमत नभएको दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको धारणा राखे ।
उनले जनताले जनताका लागि बनाएको संविधानको सफल कार्यान्वयनका लागि सबै दलहरु पनि गम्भीर हुनुपर्ने बताए ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १७:५९
प्रतिक्रिया दिनुहोस्