Nic Ad Nic Ad
Nic Ad Nic Ad

केहि सहकारीले व्यापारीलाई मल बेचेर वदमासी गरे : मन्त्री भुसाल

शनिबार, भदौ २, २०८०

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल विक्रि गर्ने क्रममा केहि सहकारीले वदमासी गरेको बताएका छन् ।

शनिबार काठमाडौँमा समाजवादी सहकारी संगठन नेपालको बागमती प्रदेशस्तरीय भेला उद्घाटन गर्दै मन्त्री भुसालले कृषि सामाग्री र साल्ट ट्रेडिङबाट अनुदानमा किनेर सहकारीले व्यापारीलाई महङ्गोमा बिक्रिबितरण गर्दा त्यसको असर किसानलाई परेको बताएका हुन् ।

उनले संघीय सरकारले मल भित्राउने मात्रै गरेको बितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको जिकिर गरे । स्थानीय तहले पनि सहकारीलाई मल बिक्रिको जिम्मा दिदा गडबढी भएको उनले बताए । मन्त्री भुसालले लम्पी स्किन रोग निकै पहिलेदेखि नै नेपालमा भित्रिएको भन्दै आफुहरु सरकारमा पुगेपछि खोप लगाउने र थप उपचार गर्ने काम भएकाले करिव नियन्त्रणमा आएको दावी गरे ।

उनले खेतियोग्य जमिन मध्ये १० लाख ३० हजार बाँझो रहेकाले धान आयात रोक्नै नसकिने बताए ।

उनले बाँझो जमिनको खेतीका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरेको कारण सामूहिक खेतीको अवधारणामा अघि बढ्न सकिने जिकिर गरे । उनले सिंचाई नपुगेका स्थानमा समेत सिंचाईको व्यवस्था गरेर बाँझो जमिनलाई खेती योग्य बनाइने बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्