Nic Ad Nic Ad
Nic Ad Nic Ad

चन्द्रमानजिक पुग्यो भारतको यान, २३ अगस्टमा अवतरण गर्ने 

आइतबार, भदौ ३, २०८०

एजेन्सी : भारतको सबैभन्दा महत्वाकांक्षी अन्तरिक्ष मिशन चन्द्रयान–३ चन्द्रमाको निकै नजिक पुगेको छ । चन्द्रयान ३ को ल्यान्डर मोड्युलले आज आफ्नो दोस्रो र अन्तिम डि–आर्बिटिङ पूरा गरेको छ । 

यो याननलाई ल्यान्डर विक्रमले त्यस्ता कक्षमा स्थापित गरेका छन्, जहाँबाट चन्द्रमाको निकतम बिन्दू २५ किलोमिटर र सबैभन्दा टाढाको बिन्दू १ सय ३४ किलोमिटर छ । यही कक्षबाट बुधबरा चन्द्राको अज्ञात दक्षिणी ध्रुविय क्षेत्रमा सफ्ट ल्यान्डिङको प्रयास हुनेछ । 

यो ल्यान्डर २३ अगस्ट २०२३ मा चन्द्रमाको सतहमा उतार्ने आशा गरिएको छ । यस्तो उपलब्धि हासिल गर्ने अमेरिका, रुस र चीनपछि भारत चौथो मुलुक बन्नेछ । 

यस यानलाई १४ जुलाईमा श्री हरिकोटास्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट लन्च गरिएको थियो । ५ अगस्टमा चन्द्र कक्षमा यो यान प्रवेश गरेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्