Nic Ad Nic Ad
Nic Ad Nic Ad

इङल्यान्ड र स्पेनमध्ये कसले जित्ला महिला विश्वकप ?

आइतबार, भदौ ३, २०८०

एजेन्सी : महिला विश्वकप फुटबलको फाइनलमा आज अस्ट्रेलियाको सिड्नी मैदानमा इङल्यान्ड र स्पेन भिड्दैछन् । दुबै टिमका लागि यो पहिलो फाइनल अनुभव हो । 

महिलातर्फ पहिलोपटक फाइनलमा पुगेको भएपनि पूरुष विश्वकप यी दुबै टिमले एक–एकपटक जितिसकेका छन् । इङल्यान्डले सन् १९६६ र स्पेनले सन् २०१० मा पूरुष विश्वकप जितेका थिए । 

महिला र पूरुष दुबैतर्फ विश्वकप जित्ने किर्तिमान अहिलेसम्म जर्मनीको नाममा मात्रै छ । चारपटकको पूरुष विश्वकप च्याम्पियन जर्मनीले दुईपटक महिला विश्वकप समेत जितेको छ । आजको फाइनल जित्ने टिमले पनि यो किर्तिमान बनाउनेछ । 

हेड टु हेड 
स्पेन र इङल्यान्डबीच अहिलेसम्म महिला विश्वकपमा प्रतिस्पर्धा भएको छैन । इङल्यान्डले अहिलेसम्म स्पेनसँग खेलेका १३ खेलमध्ये केवल २ मात्रै गुमाएको छ । ७ खेल जितेको छ भने चार खेल बराबरीमा सकिएको छ । 

यी दुई टिमबीच युरो २०२२ को क्वाटरफाइनलमा पछिल्लोपटक प्रतिस्पर्धा भएको थियो । यस खेलमा अतिरिक्त समयमा बाजी मार्दै इङल्यान्ड सेमिफाइनल पुगेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्