भारतद्वारा चन्द्रयान–३ को ‘सफ्ट ल्याण्डिङ’को समयतालिका सार्वजनिक
नयाँदिल्ली– भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको बताएको छ ।
भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० ले आइतबार आधिकारिक रूपमा यस बारे घोषणा गरेको छ ।
अन्तरिक्ष एजेन्सीले विज्ञप्ति जारी गर्दै भनेको छ, पललाई राज्य सञ्चालित टीभी च्यानल दूरदर्शन र फेसबुक र यूट्यूब जस्ता विभिन्न सामाजिक मिडिया प्लेटफर्महरू बाहेक यसको वेबसाइटमा समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।
भारतको चन्द्र मिसन–३ जुलाई १४ मा प्रक्षेपण गरिएको थियो र बिहीबार ल्यान्डर मोड्युल अन्तरिक्ष यानबाट अलग भएको थियो ।
चन्द्रयान–३ को सफ्ट ल्यान्डिङको सक्रियताका साथ विद्यार्थीहरूका बीचमा प्रचारप्रसार गर्न र यसको लाइभ स्ट्रेस व्यवस्थित गर्न दक्षिण एसियाली देशका सबै विद्यालय र शैक्षिक संस्थाहरूलाई आमन्त्रित गरिएको छ ।