Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशलाई जिताएपछि मात्रै थाहा भयो पिता बितेको खबर 

सोमबार, भदौ ४, २०८०

काठमाडौं – स्पेनकी कप्तान ओल्गा कार्मोनाले महिला विश्वकपको फाइनलमा आइतबार इङल्यान्डविरुद्ध देशका लागि निर्णायक गोल गरिन् । जब खेलको अन्तिम सिट्ठी बज्यो, त्यसपछि मात्रै उनलाई आफ्ना बाबु बितेको खबर थाहा भयो । 

उनका बाबु लामो समयदेखि बिरामी थिए  । त्यहीकारण शुक्रबार अस्पतालमै निधन भएको थियो । तर, टिम व्यवस्थापनले यो खबर कार्मोनालाई फाइनल खेल सकिएपछि मात्रै सुनायो ।

‘मलाई थाहा छ तपाईले आज राति मेरो खेल हेर्नु भएको छ । म तपाईप्रति गौरव गर्छु । तपाईको आत्मालाई शान्ति मिलोस्,’ कार्मोनाले सामाजिक सञ्जालमा लेखेकी छिन् ।  उनले यससँगै स्वर्ण पदक चुमिरहेको आफ्नो फोटो पनि हालेकी छिन् । 

‘मलाई यो थाहा थिएन । मलाई थाहा छ तपाईले मलाई केही पृथक उपलब्धि हासिल गर्नका लागि सामथ्र्य दिनु भएको थियो ।’ 
स्पेनिस फुटबल संघले कार्मोनाका पिताको निधनले गहिरो क्षति पुर्‍याएको जनाएको छ । त्यस्तै, विश्वकप फुटबलको फाइनल सकिएपछि मात्रै कार्मोनालाई यसको जानकारी दिइएको उल्लेख गरेको छ ।

कार्मोनाको क्लब रियल म्याड्रिडले पनि दुख व्यक्त गरेको छ । विश्वकपमा स्पेनले खेलेका सातमध्ये कार्मोना ५ खेलमा सुरुवाती एघारमा थिइन् ।  

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्