सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध
चितवन– नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज राति ८ बजे पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसी दुईतर्फी सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका छन् । पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय भइरहेको उनले जानकारी दिए । सो सडक खण्डमा बर्सात सुरु भएसँगै पटक-पटक पहिरो खस्ने गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० २१:२६
प्रतिक्रिया दिनुहोस्