Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायल र नेदरल्याण्डबीच ‘काउन्टर–ड्रोन’ सम्झौता

सोमबार, भदौ ४, २०८०

जेरुसेलम– इजरायली रक्षा इलेक्ट्रोनिक्स कम्पनी एल्बिट सिस्टम्सले सोमबार ५५ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । 

नेदरल्याण्ड्सका लागि काउन्टर–मानवरहित विमान प्रणाली उपकरण आपूर्ति गर्न सो डलर सम्झौता गरिएको बताइएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयका लागि आफ्नो काउन्टर–ड्रोन प्रणालीको “धेरै मोबाइल, स्थिर र तैनाथ कन्फिगरेसनहरू“ आपूर्ति गर्नका निम्ति सो सम्झौता गरिएको जनाएको छ ।

ड्रोनको बढ्दो खतराहरूले काउन्टर–यूएएस समाधानहरूको काम गर्ने जसले दिउँसो र राति सहरी र ग्रामीण वातावरणमा र विभिन्न मौसम परिस्थितिहरूमा आक्रमण पत्ता लगाउन, पहिचान गर्न, ट्र्याक गर्न सक्ने बताइएको छ ।

सन् २०२२ मा इजरायलको रक्षा निर्यात करिब १२।५ बिलियन डलर पुगेको छ । जसमा मानवरहित हवाई सवारी साधन र ड्रोन प्रणाली कूलको २५ प्रतिशत छ भने मिसाइल, रकेट र वायु रक्षा प्रणाली १९ प्रतिशत रहेको इजरायली रक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्