मन्त्री किरातीका पितालाई गोर्खा समाजको श्रद्धान्जली
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता स्वर्गीय हर्कबहादुर राईप्रति गोर्खा सत्याग्रह संघर्ष समितिले श्रद्धान्जली अर्पण गरेको छ ।
७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा राईको निधन भएको हो ।
पूर्व गोर्खालीहरुका तर्फबाट समितिका प्रमुख संयोजक कृष्णबहादुर राई र नेपाल संयोजक भिम तावा लिम्बुले पुल्चोकस्थित मन्त्री निवासमा पुगेर श्रद्धान्जली अर्पण गरे ।
उनीहरुले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुमा समवेदनासमेत प्रकट गरेका छन् । स्वर्गीय राई बेलायती सेनाका भूतपूर्व सैनिक थिए ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १३:०७
प्रतिक्रिया दिनुहोस्