नेभिगेशन
समाज विविध

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा विनय अधिकारीको उम्मेद्‌वारी घोषणा

काठमाडौं - विनय अधिकारीले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा उम्मेद्‌वारी घोषणा गरेका छन्। उनले बिहीबार एक कार्यक्रम गरी उम्मेद्‌वारी घोषणा गरेका हुन्।

कार्यक्रममा अधिकारीले एनआरएनएको बिग्रन लागेको छवि सुधार गर्नका लागि २७ बुँदे एजेन्डा सार्वजनिक गरे । उनले नेपालमा लगानी भित्र्याउनका लागि ५० अर्बको एनआरएनए कोष बनाउने घोषणा गरेका छन्। ‘अब विश्वभरका नेपालीले एकपटक नेपालमा लगानी भित्र्याउनुपर्ने भएको छु,' उनले भने, 'यसका लागि मेरो उम्मेद्‌वारी हो।’

गैर आवासीय नेपाली संघको ११औँ महाधिवेशन आगामी अक्टोबर १७ देखि २० सम्म हुँदैछ। ‘नेपाल बाहिरको नेपालीको सुख दुःखको साथी’ भन्ने नारालाई आत्मसात् गर्दै एनआरएनको संस्थागत विकासका लागि आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेद्‌वारी दिन लागेको अधिकारीले बताए । नेपालमा देखिएको भूराजनीतिक अवस्था, आर्थिक र व्यवसायी क्षेत्रमा देखिएको समस्या समाधान नै पहिलो सर्त भएको उनले बताए।

नेपाली नागरिकता, पैत्रिक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसलाअनुसार भोटको अधिकार, भूतपूर्व गोर्खाको समान अधिकार, पेन्सनको विषयलाई समेत प्रमुख एजेन्डा बनाएको उनले बताए। परियोजना सञ्चालन गर्दा आवश्यकताको आधारमा साझेदारी र रणनीतिक योजनाले निर्दिष्ट गरेको कार्यलाई अगाडि लानुपर्नेमा उनको जोड छ। गैर आवासीय नेपाली संघको निर्वाचन प्रणालीलाइ समयसापेक्ष सुधार गरी निरन्तर प्रक्रियामा लैजाने उनको योजना छ । 

गोर्खा जिल्लाको फुजेलमा जन्मिएका अधिकारीले हाल बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा पीएचडी गर्दैछन्। अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षकसमेत हुन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध