सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं - नेपाली टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेशी पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् ।
आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर बनेको छ । अर्को पेशीको मिति आजै तोकिने छ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १६:००
प्रतिक्रिया दिनुहोस्