सन्दीप लामिछाने एसिया कप खेल्न आज पाकिस्तान जाँदैं
काठमाडाैं - पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको एसिया कप क्रिकेटका लागि सन्दीप लामिछाने आज जाने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई कतार एयरवेजको फ्लाइटबाट पाकिस्तान पठाउन लागेको हो ।
उनी बिहान ११ः२० मा दोहा हुँदै मुल्तान पुग्ने कार्यतालिका छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार सन्दीपको पेसी २१ भदौलाई सारेपछि उनको एसिया कप खेल्ने बाटो खुला भएको हो । अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले सन्दीपको मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखेका छन् ।
अहिले केहीबेरमा सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गर्ने भएका छन् ।
उनको साथमा नेपाल क्रिकेट संघ क्यानले सुवास जयसवाललाई पनि पठाउने भएको छ।
जयसवाल नेपाली क्रिकेट टिमसँग एसिस्टेन्ट म्यानेजरको रुपमा आवद्ध हुने क्यानले जनाएको छ ।