महराका बाबुछोरामाथि अनुसन्धान गर्न निर्देशन
काठमाडौँ - विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन हुने भएको छ ।
सीआईबीले महरा र उनका छोरा राहुलसँग सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ सँग सम्पर्कमा रहेको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ । भेप प्रकरणमा सीआईबीले ‘मुख्य योजनाकार’ किटान गरेका व्यक्तिहरूमाथि अनुसन्धान भएको नदेखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १४:५०
प्रतिक्रिया दिनुहोस्