Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायलका विदेशमन्त्रीलाई भेटेपछि लिवियाका विदेशमन्त्री निलम्बित

सोमबार, भदौ ११, २०८०

त्रिपोली– इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन सुरु भएको छ ।  इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो । 

लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्रीलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गरेका छन् । प्यालेस्टिनको समर्थक लिबियाले  इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरालका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि विरोध प्रदर्शन भएका छन् । 

इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताएका छन् । पछिल्लो समय इजरायलले आफूलाई आधिकारिक रूपमा मान्यता नदिने अरब र मुस्लिम बहुल देशसँग घनिष्ठ सम्बन्ध कायम गर्ने प्रयासलाई जारी राखेको छ ।

यद्यपि लिबियाका तीन प्रान्तको प्रतिनिधित्व गर्ने राष्ट्रपतीय परिषद्ले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनु गैरकानुनी भएको बताएको छ ।

संसद्मा सभामुखको कार्यालयले निलम्बित विदेशमन्त्री नजला मङगौसलाई महादेशद्रोहको आरोप लगाएको छ र प्रधानमन्त्री अब्दुल हमिद दबेबाले उनीमाथि  अनुसन्धानको आदेश दिएका छन् ।

पूर्वनिर्धारित योजनाअनुसार रोम शिखर बैठकका क्रममा लिबियाका विदेशमन्त्रीसँग आफ्नो देशका विदेशमन्त्रीले भेटवार्ता गरेका  इजरायलका एक जना मन्त्रीले गरेका छन् । लिबियाको विदेश मन्त्रालयले चित्रण गरेजस्तो त्यो बैठक अपर्झट आयोजना गरिएको नगरिएको उनले स्पष्ट गरेका छन् । उक्त भेटमा इजरायल र लिबियाबीच सम्बन्ध स्थापना गर्ने तथा लिबियामा रहेका यहुदीको सुरक्षा तथा हित प्रवर्द्धनमा बैठक केन्द्रित रहेको उनले स्पष्ट गरेका छन् । 

यसैबीच, इजरायलको विदेश मन्त्रालयले उक्त भेटवार्ताको खबर सार्वजनिक नगरेको दाबी गरेको छ । विदेश मन्त्रालयलाई हवाला दिँदै प्रकाशन भएका समाचारप्रति उक्त मन्त्रालयले खेद व्यक्त गर्दै  द्विपक्षीय भेटवार्तासम्बन्धी सूचना नचुहाएको दोहो¥याएको छ ।  

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्