Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुटिनले भारतमा हुने जी-२० सम्मेलनमा भाग नलिने

बुधबार, भदौ १३, २०८०

नयाँ दिल्ली - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को महिना भारतमा हुने जी-२० शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्।

पुटिन विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को शिखर सम्मेलनमा सहभागी नहुने भएका हुन्।

राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी सेप्टेम्बर ९ र १० मा हुने शिखर सम्मेलनमा सहभागी नहुने जानकारी दिएका छन् ।

उनले प्रधानमन्त्री मोदीलाई फोन गरेर विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो तर्फबाट शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका असर घटाउने र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने विषयमा छलफल गर्न जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकलगायत विश्वका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्