Nic Ad Nic Ad
Nic Ad Nic Ad
एशिया कप

ठूला म्याच र अफ्टेरो परिस्थितिमा चम्कनसक्छन् दीपेन्द्र ऐरी 

बुधबार, भदौ १३, २०८०

नेपालले पहिलोपटक एशिया कप खेल्दैछ । पाकिस्तानसँग नेपाली सिनियर टोलीले कुनै पनि फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक हो । 

यद्यपी, उमेर समूहमा भने नेपालले पाकिस्तानसँग धेरैपटक प्रतिस्पर्धा गरिसकेको छ । जनवरी २२, २००२ मा आईसीसी यु–१९ क्रिकेटमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो । नेपालमा क्रिकेट खेलको प्रसिद्धी बढ्न पनि यसले ठूलो भूमिका खेलेको थियो । 

तर सिनियर टोलीले कहिल्यै पाकिस्तानसँग खेल्न पाएन । यसपटक १० टिम सम्मिलित एसीसी म्यान्स प्रिमियर कपको विजेता बनेर नेपालले एशिया कपमा स्थान बनाएको हो । 

सन् २०१८ मा एकदिवसिय मान्यता पाएको नेपाल १५ औं वरियतामा छ । यता, पाकिस्तान अहिले एकदिवसिय वरियतामा पहिलो स्थानमा छ । घरेलु मैदानमा एशिया कपको खेल हुने भएकाले पनि पाकिस्तान धेरै उत्साहित छ ।

किनकी, पाकिस्तानमा पछिल्लो समय ठूला प्रतियोगिता आयोजना हुन पाएको छैन । यसपटक पाकिस्तानमा गएर खेल्न भारतले आनेकानी गरेपछि प्रतियोगिताका अधिकांश खेल श्रीलंकामा राखिएको छ । 

पाकिस्तानले पछिल्ला ५ खेलमध्ये चार खेल जितेको छ । नेपालले खेलेका पछिल्ला ५ खेलमध्ये २ खेल जितेको छ । 

प्रभावशाली मिडिल अर्डर

पाकिस्तानमा एकदिवसिय क्रिकेटकै नम्बर वान ब्याट्सम्यान बाबर आजम छन् । ओपनिङमा फकर जमान, इमाम उल हक र दोस्रो क्रममा मोहम्मद रिजवानजस्ता प्रभावशाली खेलाडी छन् ।

धेरै वर्ष पाकिस्तान शीर्ष क्रमका यी ब्याट्सम्यानको प्रदर्शनमै निर्भर रह्यो । अहिले पाकिस्तानको मिडिल अर्डर पनि निकै राम्रो छ । आगाँ सलमानले आफ्नो करियरका सुरुवाती १४ खेलमा १ सय प्लस स्ट्राइक रेटसहित औसन ४४ रन बनाएका छन् । 

५० एक दिवसिय खेलमा १९.९३ को औसत रन खासै प्रभावशाली तथ्याङ्क होइन । तर, दीपेन्द्र सिंह ऐरीले कुन अवस्था टिमलाई जोगाएका छन् भन्ने नेपालीलाई राम्ररी थाहा छ ।

जुलाईमा जिम्बोबेमा भएको व्श्विकप छनोटमा युएईविरुद्ध उनले अविजित ७९ रन बनाउँदै नेपाललाई तीन विकेटले खेल जिताएका थिए ।

ग्लोबल टी २० क्यानेडामा आन्द्रे रसेल, सकिल अली हसन, क्रिस लायनजस्ता विश्वचर्चित खेलाडीसँग खेलेको अनुभव छ । उनले मोन्टेरियल टाइगर्सलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । यी खेलाडी अफ्टेरो परिस्थिती ठूला म्याचमा चम्कन सक्छन् ।

यसपटक विश्वकप छनोटमा नेपालले आयरल्यान्ड, वेस्ट इन्डिज र जिम्बाबेसँग खेल्न पाएको थियो । यो अनुभव पनि आजको खेलमा काम आउनेछ । 

पिचको अवस्था 

गत वर्ष वेस्ट इन्डिजले पाकिस्तान भ्रमण गर्दा सबै खेल मुल्तान रंगशालामै भएको थियो । सबै खेलमा पहिलो इनिङमा ब्याटिङ गर्नेले २ सय ५० प्लस रन बनाएका थिए ।

पाकिस्तानले पहिलो एकदिवसियमा ३ सय ६ रनको चुनौती पछ्याएको थियो । यस शृंखलामा नवाज, सदाब र अकेल हुसैन सर्वाधिक विकेट लिनेको सुचीमा शीर्ष तीनभित्र थिए ।

यदी, यस्तै अवस्था रहे आज स्पिनरहरुले महत्वपूर्ण भूमिका खेल्नेछ । आजको मौसम गर्मी र सुख्खा रहने अपेक्षा छ । तापक्रम ३० डिग्री माथि हुनेछ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्