Nic Ad Nic Ad
Nic Ad Nic Ad

४३ रनमै अलआउट भएको थियो पाकिस्तान 

बुधबार, भदौ १३, २०८०

काठमाडौं – पाकिस्तान एक दिवसिय क्रिकेटमा विश्वकै नम्बर एक टोली हो । यही टोलीविरुद्ध नेपालले आज उसकै मैदानमा एशिया कपमा प्रतिस्पर्धा गर्दैछ । 

नेपालले कति रन बनाउँला ? पाकिस्तानी बलरहरुसँग नेपाली ब्याट्सम्यान कसरी टिक्लान् ? यस्ता धेरै कौतुहलता नेपाली समर्थकमा छ । क्रिकेट आफैंमा अनिश्चयको खेल हो । अनि, क्रिकेटमा अस्थिर प्रदर्शन गर्ने टोली हो, पाकिस्तान । कुनै खेलमा ठूलो स्कोर बनाउनु र लगत्तै अर्को खेलमा निकै कम योगफलमा समेटिनु पाकिस्तानको स्वभाव हो । 

पाकिस्तानले एकदिवसिय क्रिकेटमा बनाएको सबैभन्दा कम योगफल ४३ हो । १९९३ वेस्ट इन्डिजले पाकिस्तानलाई दक्षिण अफ्रिकाको केप टाउनस्थित मैदानमा यति थाेरै रनमा अलआउट गरेर ७ विकेटको नमिठो हार चखाएको थियो । यस खेलमा पाकिस्तानका ओपनर रमिज राजासहित ६ ब्याट्सम्यान शुन्य रनमा पेभेलियन फर्किएका थिए ।  वेस्ट इन्डिजले यस खेलभन्दा केही दिनअघि मात्रै पाकिस्तानलाई ७१ रनमा अलआउट गरेको थियो ।

इङल्यान्डसँग १९९२ को विश्वकपमा पनि पाकिस्तान ७४ रनमै आउट भएको थियो । तर, वर्षाका कारण खेल प्रभावित भयो र दुबै टिमले अंक बाडें । यही बराबरीका कारण पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भयो । रोचक कुरा,  पाकिस्तानले विश्वकप नै जित्यो । 

२०१८, जनवरीमा न्युजिल्यान्डले पाकिस्तानलाई ७४ रनमै समेटेको थियो । त्यसैगरी २००९ मा श्रीलंकाले पाकिस्तानलाई ७५ रनमै अलआउट गरेको थियो । आईसिसीको रेकर्डअनुसार पाकिस्तान एकदिवसिय खेलमा यसरी ९ पटकसम्म १ सय रनभन्दा मुनिको योगफलमा समेटिएको छ । 

पाकिस्तानले एकदिवसियमा बनाएको उच्च स्कोर ४ सय ९९ हो । उसले जिम्बाबेविरुद्ध २०१८ मा यो स्कोर बनाएको थियो । यतिबेला ओपनर इमाम उल हकले १ सय १३, अर्का ओपनर फकर जमानले अविजित २ सय १० र असिफ अलीले अविजित ५० रन बनाएका थिए । 

पाकिस्तानले एकदिवसिय खेलमा १० पटक ३ सय ५० भन्दा धेरै रन बनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्