Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोर्खा सैनिकका मागबारे बेलायतसँग वार्ता गर्न सर्वदलीय राष्ट्रिय सभा समिति गठन

बुधबार, भदौ १३, २०८०

काठमाडौँ - गोर्खा सैनिकका हक–अधिकारका विषयमा बेलायत सरकारसँग वार्ता गर्नका लागि नेपाल सरकारले राष्ट्रिय सभा सदस्य सुरेश आले मगरको संयोजकत्वमा ७ सदस्यीय  सर्बदलीय राष्ट्रिय सभा समिति गठन गरेको छ ।

समितिमा राष्ट्रिय सभा सदस्य रामप्रसाद राय सचिव छन् । भूतपूर्व गोर्खा सैनिकहरुमाथि गरिएको विभेदका विषयमा नेपाल सरकारले आगामी सेप्टेम्बरमा बेलायत सरकारसँग वार्ता गर्दैछ । यसअघि प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाको संयोजकत्वमा सर्वदलीय प्रतिनिधिसभा समिति गठन भएको थियो । 

नेपाल, बेलायत र भारत सरकारबीच भएको त्रिपक्षीय सन्धीअनुसारको सेवा–सुविधा नदिइएको भन्दै भूतपूर्व गोर्खा सैनिकहरु संघर्षमा छन् । उनीहरुले सम्झौताअनुसार तोकिएको सुविधा पाउनुपर्ने माग गरिरहेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्