Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानविरुद्ध सन्दीपले लिए विकेट 

बुधबार, भदौ १३, २०८०

काठमाडौं – एशिया कपमा नेपालविरुद्ध पाकिस्तानले चौथो विकेट गुमाएको छ ।  २७.५ ओभरमा आगा सलमानलाई कुशल भुर्तेलले सन्दीप लामिछानेको बलमा क्याचआउट गरेका हुन् । यतिबेलासम्म पाकिस्तानले १ सय २४ रन बनाएको थियो । सलमानले केवल ५ रनमात्रै बनाएका थिए । 

त्यसअघि दिपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रनआउट गरे । रिजवानले ४४ रन बनाएर क्रिज छाडेका हुन् ।  त्यसअघि  कप्तान रोहित पौडेलले इमाम उल हकलाई रनआउट गरेका थिए । 

छैटौं ओभरको पहिलो बलमा आसिफ शेखले करन केसीको बलमा फकर जमानलाई क्याचआउट गरेका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्