नेभिगेशन
समाज विविध

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले मनाए उत्सव 

काठमाडौँ– यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचानसहित गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएका छन् । 

आफूहरूको अस्तित्व समाजमा छ भन्ने जानकारी दिँदै अन्य मानव सरहको मानव अधिकारका लागि आह्वान गर्दै गौरव यात्रा तथा गाईजात्रा उत्सव  मनाएका हुन् ।

सन् २००४ देखि हरेक वर्ष समुदायभित्र विभिन्न लान्छना र भेदभावका कारण मृत्युवरण गरेका व्यक्तिहरूको सम्झनामा शोकसहित मैनबत्ती प्रज्वलनको कार्यक्रम, सांस्कृतिक तथा लैङ्गिक पहिचानसहितको भेषभुषामा ¥याली निकाल्ने गरेको लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता