Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशी सरकारविरुद्धको मुद्दा खतिवडा र माथेमाको संयुक्त इजलासमा 

शुक्रबार, भदौ १५, २०८०

विराटनगर - कोशी प्रदेश सरकारविरूद्ध एमाले सांसद्हरुले हालेको रिटको सुनुवाइका लागि इजलास तय भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

 मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएको भन्दै एमालेले मुद्दा हालेको थियो । भदौ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भनिसकेको छ ।

त्यस्तै, कोशी सरकारलाई दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न अन्तरिम आदेश जारी गरिएको जारी गरिसकेको छ । सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्