Nic Ad Nic Ad
Nic Ad Nic Ad

बहुप्रतिक्षित भारत–पाकिस्तान भिडन्त : कुन टिमको पछिल्लो प्रदर्शन कस्तो छ ?

शनिबार, भदौ १६, २०८०

एजेन्सी - एशिया कपअन्तर्गत बहुप्रतिक्षित भारत–पाकिस्तान क्रिकेट भिडन्त आज नेपाली समयअनुसार २ बजेर ४५ मिनेटमा हुनेछ । 
आईसिसीको विश्व वरियता पाकिस्तान पहिलो र भारत तेस्रो स्थानमा छन् ।

विगतमा पाकिस्तानी बलर र भारतीय ब्याट्सम्यानबीच कडा प्रतिस्पर्धा हुने गरेको थियो । यसपटक पनि साहिन शाह अफ्रिदी, ह्यारिस रउफ, नसिम शाहलगायतले भारतका रोहित शर्मा, शुभम् गिल र विराट कोहलीको कडा परीक्षा लिनेछन् । 

आफ्ना कप्तान बाबर आज निकै फर्ममा रहेका कारण पनि पाकिस्तान उत्साहित छ । नेपालविरुद्ध उनले १ सय ५१ रन बनाएका थिए । तर, फकर जमानले सोचेजस्तो खेल्न सकेका छैनन् ।

पाकिस्तानका लागि यो चिन्ताको विषय हुनेछ । केही समयअघि लगातार तीन शतक प्रहार गर्ने क्रममा उनले न्युजिल्यान्डविरुद्धको एक खेलमा १ सय ८० रनको अविजित इनिङ्ग्स समेत खेलेका थिए ।

तर पछिल्ला सात इनिङ्ग्समा उनले १ सय ३९ रनमात्रै बनाएका छन् । यद्यपी, उनी कति विध्वंसात्मक हुनसक्छन् भन्ने भारतलाई राम्ररी थाहा छ । भारतसँग जसप्रित बुमराहजस्ता घातक बलर छन्, जसले कुनै पनि समय खेललाई टर्न गर्न सक्छन् । 

भारतले पछिल्ला ५ एकदिवसीय खेलमध्ये दुई खेल जितेको छ भने तीन खेलमा पराजित भएको छ । पाकिस्तानले पछिल्ला ५ खेलमध्ये लगातार चार खेल जितेको छ । 

हेड टु हेड

भारत र पाकिस्तानबीच एशिया कपमा १३ पटक प्रतिस्पर्धा भएको छ । यसमध्ये भारतले ७ खेल जितेको छ । पाकिस्तानले ५ खेल जितेको छ भने एक खेल बराबर भएको छ । पछिल्लोपटक २०१८ मा यी दुई टिम एकदिवसीय क्रिकेटमा भिडेका थिए । उक्त खेल पाकिस्तानले ९ विकेटले जितेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्