Nic Ad Nic Ad
Nic Ad Nic Ad

एशिया कप एकदवसीय क्रिकेट : पानी पर्‍यो भने भारत-पाकिस्तानको अवस्था के हुन्छ ?

शनिबार, भदौ १६, २०८०

एजेन्सी - श्रीलंकाको पल्लेकलमा भारत र पाकिस्तान आज एकदिवसीय क्रिकेटमा भिड्दैछन् । तर, वर्षाले यो खेल बिथोल्नसक्ने धेरैलाई चिन्ता छ । मौसम विभागले आज भारी वर्षा हुनसक्ने प्रक्षेपण गरेको छ । 

यदी, वर्षाका कारण म्याच हुन पाएन भने के हुन्छ ? भारत र पाकिस्तानबीचको खेल पौने तीन बजेदेखि राति ११ बजेसम्म चल्ने अनुमान लगाइएको छ । साँझ ५ बजेदेखि ११ बजेसम्म भीषण वर्षा हुने मौसम विभागको अनुमान छ । अर्थात्, यो खेलमा वर्षा बाधक बन्नसक्ने संभावना छ । 

यस्तो अवस्थामा पहिले म्याच कति खेलिएको छ र कति समय बाँकी छ भनेर तय गरिनेछ । यसैका कारण म्याचको ओभर तय हुनेछ ।

यस्तोमा एक अनिवार्य नियम छ : वर्षाले प्रभावित वान डे म्याचमा कम्तिमा २० ओभरको म्याच भएपछि मात्रै कुनै नतिजा निस्कनसक्छ । २० ओभर खेल्नुभन्दा अघि नै पानीले म्याच बिथोल्यो भने नतिजा बराबर हुनेछ । 

मानौं, पहिलो इनिंग्समा कुल २१ ओभर खेलिसकेपछि फेरि पानी आयो । पानीकै कारण एक वा दुई घण्टासम्म म्याच रोकियो । यसपछि अम्पायर र रेफ्री मिलेर अब कति समय बाँकी छ भनेर तयर गर्छन् ।

र, कति ओभरको खेल खेलाउन सकिन्छ, यस आधारमा नै ओभरको सीमा बदलिनेछ । यदी, म्याच ३५–३५ ओभरको भयो भने पहिलो इनिंग्स्मा ब्याटिङ गर्ने टिमले २१ औं ओभरबाट बाँकी ओभर खेल्नेछ ।

त्यसपछि ३५ ओभरमा जति रन बन्छ, त्यहीअनुसार डकवर्थ लुइस नियमअनुसार नयाँ टार्गेट तय हुनेछ । अर्थात्, विपक्षीले रिभाइज्ड टार्गेट ३५ ओभरमा पूरा गर्नुपर्नेछ । 

अर्को परिस्थिति यस्तो पनि हुनसक्छ कि पहिलो इनिंग्समा एक टिमले २० ओभर ब्याटिङ गरिसकेको होस् । फेरि वर्षाले खेल प्रभावित भयो । झन्डै तीन घण्टासम्म म्याच भएन ।

स्थिति सुध्रिएपछि अम्पायर र रेफ्रीको मिटिंग बस्छ । त्यसपछि २०–२० ओभरको खेल तय हुनसक्छ । यस्तोमा पहिलो टिमले ब्याटिङमा आउनुपर्ने छैन । डकवर्थ लुइस नियमअनुसार दोस्रो ब्याटिङ गर्ने टिमले कति लक्ष्य  गर्नुपर्ने छ भन्ने तय हुने भन्ने तय हुनेछ । 

यदी वर्षाले पुरै म्याच प्रभावित भयो भने दुबै टिमले एक–एक अंकमै चित्त बुझाउनेछन् ।  पाकिस्तानले नेपाललाई पहिलो खेलमा ठूलो स्कोरले हराइसकेको छ ।

त्यहीकारण नतिजा नआएको अवस्थामा ऊ सोझै सुपर फोरमा पुग्नेछ । जबकी, भारतले सुपर फोर जित्न ४ सेप्टेम्बरमा नेपालविरुद्धको खेल जित्नुपर्ने हुन्छ । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्