यस्तो छ पूर्वसह–सचिव खापुङलाई अख्तियारले राखेको सूची, गुर्खाज फाइनाइन्स पनि डुबाएका थिए
काठमाडौं– युनए पार्कको सरकारी जग्गा व्यक्तिको नाममा गराएर करोडौं कुम्ल्याउने, ललिता निवास प्रकरणमा ७० करोडको जग्गा आफू, श्रीमतीलगायतको नाममा पास गराएका पूर्व सह–सचिव प्रेमबहादुर खापुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानोसहितका मुद्दामा छानबिन थालेको छ।
अख्तियार स्रोतका अनुसार ललिता निवास प्रकरणमा उनीमाथिको छानबिन जारी छ भने युएन पार्कलगायत व्यक्तिका जग्गा हडपेको प्रकरणमा पनि छानबिन थाल्ने तयारी भएको छ।
भ्रष्टाचार गरेको रकम लुकाउनका लागि उनी भूतपूर्व गोर्खाली सेनाको लगानीमा खुलेको गुर्खाज फाइनाइन्सको सञ्चालक समितिको अध्यक्ष हुँदा त्यसलाई पनि डुबाए। ०७४ मा उनी अध्यक्ष हुँदा विकास बैंक रहेको ख बर्गको बित्तिय संस्था ग बर्गमा झरेको थियो।
सरकारी जग्गा व्यक्तिको नाममा हत्याउने भूमिका खेलेको आरोपमा अख्तियारले खापुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
मुद्दाको विवरण र प्रमाण यस्तो छ
उनी यसअघि पनि फाइनान्सको अध्यक्ष भइसकेका थिए । सालीसँगको जग्गा काण्डमा मुछिएको मिडियामा समाचार आएपछि राजिनामा दिएका थिए।
गोर्खाज फाइनान्समा अधिकांश ब्रिटिस र सिंगापुर पुलिसमा रहेका व्यक्तिहरूको लगानी छ।
प्रेमबहादुर खापुङ अध्यक्ष हुँदा फाइनान्स घाटामा गएको थियो । तर, वर्तमान नेतृत्वका कारण संस्था नाफामा छ।
संचालकमा धर्मकुमार राई हुदाँ २०६९ सलामा रास्ट्रबैकले कालो सूची र अग्योग्य घोसित गरेको थियो । उनै राईले प्रेमबहादुर खापुङलाई अध्यक्ष बनाएका थिए।
तत्कालीन गोरखा डेभलपमेन्ट बैंक काठमाडौँ फाइनान्ससँग मर्जमा गई घटुवा भएर गोर्खाज फाइनान्सको रूपमा सञ्चालनमा आएको थियो।
त्यतिमात्र होइन विगतमा गोर्खा डेभलपमेन्ट बैंकलाई सिद्ध्याएर फाइनान्समा झार्ने दुष्कर्मको भारी बोकिरहेका उनै प्रेमबहादुर खापुङलाई अहिले पनि पुराना मतियारहरू धर्मकुमार राई र डिबी बञ्जनको साथ रहेको बताइन्छ।
तर ललिता निवास र युएन पार्क काण्डपछि भने उनका भ्रष्टाचारको साझेदार पनि टाढा भएको बताइन्छ।
गोर्खाज फाइनान्सको ३५७औँ सञ्चालक समितिको बैठकले खापुङलाई २०७४ माघमा सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो। खापुङ ललिता निवास काण्डका योजनाकार रूपमा देखिएपछि नेपाल राष्ट्र बैंकले उनलाई अयोग्य ठहर गर्दै अध्यक्षबाट निष्कासन गरेको थियो।
३५ हजार कित्ता गोर्खाज फाइनान्समा शेयर रहेका खापुङको शेयर फिर्ताको तयारी समेत भइसकेको छ।
खापुङ अध्यक्ष रहेका बेलामा उनले फाइनान्समा प्रोफेसनल लोनका नाममा आफन्तका नाममा आफैंले लिनेगरी करिब १५ करोड रुपैयाँ पैसा समेत बाँडेका थिए। त्यसको हिसाबकिताको टुङ्गो छैन।