Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्षा रोकिएपछि पाकिस्तानको तुफानी बलिङ, भारतले तेस्रो विकेट गुमायो 

शनिबार, भदौ १६, २०८०

एजेन्सी – भारत र पाकिस्तानबीन श्रीलंकाको पाल्लेकेलेमा जारी क्रिकेट म्याचमा पाकिस्तानी बलरहरू भारतीय ब्याट्सम्यानमाथि हाबी भएका छन् । भारतले १० ओभरको समाप्तिसम्म केवल ४३ रनमै तीन विकेट गुमायो । 

वर्षाले केही समय रोकिएपछि फेरि सुरु भएको खेलमा साहिन शाह अफ्रिदीले भारतका कप्तान तथा ओपनर रोहित शर्मालाई र विराट कोहलीलाई बोल्ड गरे । 

रोहितले २२ बल सामना गर्दै केवल ११ रनमात्रै बनाउन सके । लगत्तै क्रिजमा आएका विराट ४ रनमै आउट भए । ह्यारिस रउफको बलमा फखर जमानले  श्रेयस अय्यरलाई आउट गरे । अय्यरले १४ रनमात्रै बनाउन सके । 

अहिले शुभम् गिल र इसान किसन क्रिजमा छन् । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्