Nic Ad Nic Ad
Nic Ad Nic Ad

पारस शाहको स्वास्थ्य अवस्थामा सुधार, अस्पतालबाट घर फर्किए 

शनिबार, भदौ १६, २०८०

काठमाडौं – मुटुमा समस्या देखिएपछि शुक्रबार मन्डिखाटारस्थित हेम्स अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह उपचारपछि घर फर्किएका छन् ।

स्वास्थ्य अवस्था सामान्य देखिएकाले उनलाई शनिबार बिहान ९ बजे डिस्चार्ज गरिएको उपचार संलग्न चिकित्सक डा. मुकुन्द शर्माले बताए । 

पूर्व युवराज शाहको स्वास्थ्य अवस्था स्थिर रहेको हेम्की वरिष्ठ निर्देशक सची रेग्मीले बताइन् । ‘घरमै आराम गर्ने इच्छा देखाएकाले उहाँलाई डिस्चार्ज गरिएको हो । स्वास्थ्य अवस्था स्थिर छ,’ रेग्मीले भनिन् । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्