Nic Ad Nic Ad
Nic Ad Nic Ad
एसिया कप क्रिकेट

एसिया कप : भारतद्वारा पाकिस्तानसामु २६७ रनको लक्ष्य 

शनिबार, भदौ १६, २०८०

काठमाडौँ–  जारी एसिया कप क्रिकेट म्याचमा भारतले पाकिस्तानलाई २६७  रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको पाल्लेकेले स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २६६ रन बनाउँदै अलाउट हुनपुग्यो ।

आजको खेलमा पाकिस्तानका  तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको उत्कृष्ट बलिङ गरे भने भारतका प्रमुख चार ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । 

भारतका उपकप्तान हार्दिक पान्ड्याले ९० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । युवा विकेटकिपर ईशान किशनले ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनको महत्वपूर्ण इनिङ खेले ।

एक समय १४।१ ओभरमा ६६–४ को दयनीय अवस्थामा पुगेको भारतलाई ईशान किशन र हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि १ सय ३८ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मालाई ११ रनमा बोल्ड आउट गरे । प्रमुख ब्याटर विराट कोहली अफ्रिदीको सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । कोहली ब्याटरमा एज लाग्दै बोल्ड हुन पुगे ।

४३.१ ओभरमा अफ्रिदीले भारतको छैठौँ विकेट हार्दिक पाण्डेयलाई प्यावेलियन पठाए । पाण्डेयले ८७ रनको योगदान गरे । पाण्डेयले ८७ रनको योगदान गरे ।

भारतका विकेटकिपर ईशान किशन एसिया कपमा पाकिस्तानविरुद्ध शतक नजिक पुगेर आउट भएका छन् । खराब सुरुवात गरेको भारतलाई खेलमा फर्काउन उत्कृष्ट ब्याटिङ गरेका किशन ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनमा आउट भए ।

ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३९ ओभरमा ५ विकेट गुमाउँदै २ सय ९ रन बनाएको छ ।

हार्दिक पान्ड्या ६८ र रविन्द्र जडेजा १ रनमा क्रिजमा छन् । एक समय १४।१ ओभरमा ६६।४ को अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि १ सय ४१ बलमा १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

भारतको सुरुवात भने राम्रो हुन सकेन ।

प्रमुख चार ब्याटरलाई सुरुवातमै गुमाएको थियो । त्यो अवस्थाबाट पाकिस्तानको मध्यक्रम बलिङ कमजोरीको फाइदा उठाउँदै खेलमा पूनरागमन गर्यो । पाकिस्तानका स्पिनरले राम्रो प्रदर्शन गर्न नसक्दा भारतले खेलमा पूनरागमन गरेको हो ।

भारतका ओपनर रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनमा आउट भए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्