Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला विश्वकप छनोट : भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य

आइतबार, भदौ १७, २०८०

काठमाडौं - आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन मात्र बनायो ।

भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिईन् ।

नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो ।

भुटान पनि दोस्रो जितका साथ सेमिफाइनल सम्भावना जिवित राख्न चाहन्छ ।

नेपालले चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्