Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘क्राउड’प्रेमी रवि र बालेन श्रीलंकामा

आइतबार, भदौ १७, २०८०

काठमाडौंसामाजिक सञ्जालका भिडप्रेमी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र (बालेन) साह श्रीलंका गएका छन्।

samridhi jewllers

इतिहासमा नै पहिलो पटक एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालभारतको भिडन्तमा खेलाडीको मनोबल बढाउनका लागि युवा पुस्ताका यी दुई लोकप्रिय राजनीतिज्ञ श्रीलंका गएका हुन्।

एसीया कप अन्तर्गत नेपाली क्रिकेटको राष्ट्रिय टोली भारतीय राष्ट्रिय टोलीसँग श्रीलंकामा भिड्दैछ।

मूलधारका पार्टीभन्दा फरक देखिने लयमा उभिएका रास्वपा सभापति लामिछाने, काठमाडौंका मेयर बालेन खेलप्रति चासो राख्ने, राष्ट्रप्रति समर्पित हुनेको मन जित्न खेलाडीको मनोबल बढाउनका लागि गएको उनीहरुको सचिवालयले जनाएका छन्।

परम्परागत राजनीतिक वितृष्णाबाट गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरापालिकाको नेतृत्वमा बालेनको उदय भएको थियो। यस्तै प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राम्रै सिट हात पारेको क्रेडित रविले पाउँदै आएका छन्।

यी दुवैजना क्राउडप्रेमी, फन्डाप्रेमी राजनीतिज्ञका रुपमा चित्रित हुने गरेका छन्।मूलधारका पार्टीका नेता नगए पनि जनताबाट निर्वाचित चर्चित अनुहारको मनोबल कम हुनेछैन, रास्वपा समर्थक भन्छन्,‘बालेनको उपस्थिति पनि खेलाडीका लागि निक्कै हौसलापूर्ण हुनेछ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार