कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य
काठमाडौं - आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारले नेपाललाई ७५ रनको लक्ष्य दिएकाे छ ।
समूह ‘ए’अन्तर्गत मलेसियाको युकेएम वाइएसडी ओभल रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनको योगफल तयार पारेको थियो ।
कतारका लागि साची धडवालले २१, एलिना खानले १५, एन्जिली मारेले अविजित १४ र कप्तान आयशाले १० रन बनाए ।
नेपालका लागि इन्दु बर्माले तीन तथा पूजा महतो र कविता जोशीले समान एक विकेट लिए ।
नेपाल लगातार चौथो जितसहित सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। नेपालले यसअघि घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले हराएको थियो ।
सेमिफाइनल सम्भावना समाप्त भइसके पनि कतार नेपाललाई स्तब्ध बनाउँदै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ । यसअघि कतारले बहराइनसँग पाँच विकेट, भुटानसँग आठ विकेट र युएईसँग ५१ रनको पराजय ब्यहोरेको थियो ।
यी दुईबीच भएको पछिल्लो भेटमा नेपालले १ सय ९ रनको फराकिलो जित निकालेको थियो।