भारतका तेज बलर जसप्रित बुमराहलाई पुत्रलाभ, नेपालविरुद्ध नखेल्ने
काठमाडौं - भारतीय टिमका स्टार तेज बलर जसप्रित बुमराहलाई सोमबार बिहान पुत्रलाभ भएको छ । श्रीमतीलाई व्यथा लागेपछि उनी आइतबारै श्रीलंकाबाट मुम्बई आएका थिए ।
उनले इन्स्टाग्राममार्फत आफु बाबु बन्दाको खुसी साटेका छन् । नेपालविरुद्ध आज हुने खेलमा उनी टोलीमा समावेश छैनन् ।
प्रतियोगिताको सुपर ४ मा पुग्नका यी दुबै टिमलाई आज जितको खाँचो छ ।
वर्षाले खेल प्रभावित भएमा भारत सेमिफाइनल पुग्नेछ । भारतीय टिम र पाकिस्तानसँगबीचको प्रतिस्पर्धा वर्षाका कारण प्रभावित भएपछि अंक बाँडिएको थियो ।
त्यस खेलमा इशान किशन र हार्दिक पाण्डेयबाहेक अन्य ब्याटस्म्यानको प्रदर्शन बिर्सनलायक थियो । रोहित शर्मा, विराट कोहली र शुभम् गील सस्तैमा पेभेलियन फर्किएका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १२:३४
प्रतिक्रिया दिनुहोस्