Nic Ad Nic Ad
Nic Ad Nic Ad

निजामति सेवा विधेयक छिट्टै संसद्मा पेश हुनेछ : प्रधानमन्त्री प्रचण्ड

सोमबार, भदौ १८, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान मोजिम बन्न बाँकी रहेका कानूनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् । 

सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् ।

संघीय निजामती सेवा विधेयक ल्याउन ढिला भएको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्भवतः भोलिको मन्त्रिपरिषदको बैठकबाट पारित गरेर सदन समक्ष प्रस्तुत गर्ने तयारी रहेको जानकारी गराउन चाहन्छु ।’

नेपालको संविधान जारी भएपश्चात् हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको उनले बताए । संघीय संसदमा पेश गरेका विभिन्न पन्ध्र वटा विधेयक संसदीय प्रक्रियामा रहेको बताए । 

संविधान कार्यान्वयनसँग सम्बन्धित संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा सम्बन्धी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरू छिट्टै संघीय संसदमा पेश गर्ने गरी सरकारले प्रक्रिया अगाडि बढाइरहेको समेत जानकारी गराए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्