Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतविरुद्ध कुशलको एक छक्का र २ चौका 

सोमबार, भदौ १८, २०८०

काठमाडौं – एशिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले छक्का प्रहार गरेका छन् । उनले १६ बलमा अविजित २२ रन बनाउने क्रममा २ चौका र १ छक्का प्रहार गरिसकेका छन् ।

उनले मोहम्मद सिराजको बलमा छक्का प्रहार गरेका हुन् । उनले स्क्वायर लेगमा ९० मिटर परसम्म पुग्नेगरी छक्का प्रहार गरे । 

मोहम्मद सामीले पहिलो ओभरको अन्तिम बलमा कुशल भुर्तेललाई झन्डै आउट गराएका थिए । तर एज लागेर गएको बललाई श्रेयस अय्यरले क्याचआउट गर्न सकेनन् । 

भुर्तेलले नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने किर्तिमान समेत यही खेलबाट बनाएका छन् । सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका भुर्तेलले ४६ खेलमा ४५ इनिङ्स खेलेका छन् ।

उनले ५० ओभरको खेलमा एक शतक र ६ अर्धसतक बनाएका छन्। एकदिवसीय खेलमा उनको व्यक्तिगत सर्वाधिक रन ११३ रन हो। नेपालले भारतविरूद्ध छैटौं ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ३३ रन बनाएको छ । कुशल र आसिफ शेख क्रिजमा छन् । 


 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्