नेपालले बनायो ९३ रन, गुमायो तेस्रो विकेट
काठमाडौं – भारतविरुद्ध पहिलोपटक खेलिरहेको नेपाली क्रिकेट टिमल २० ओभरमा ३ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।
नेपालबाट ओपनर आसिफ शेख अविजित ३९ रन बनाउँदै क्रिजमा छन् ।
कप्तान रोहित पौडेलले ५ रनमा आउट भए । उनलाई रविन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माले क्याचआउट गरे ।
यसअघि ओपनर कुशल भुर्तेल २५ बलमा ३८ रन तथा भीम सार्की ७ रनमा आउट भएका थिए ।
अहिले कुशल मल्ले क्रिजमा आसिफलाई साथ दिइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १६:४३
प्रतिक्रिया दिनुहोस्