भारतविरुद्ध नेपालले बनायो १ सय रन
काठमाडौं – भारतविरुद्ध पहिलोपटक खेलिरहेको नेपाली क्रिकेट टिमल २१ औं ओभरमा ४ विकेटको क्षतिमा एक सय रन बनाएको छ ।
नेपालबाट ओपनर आसिफ शेख अविजित ४४ रन बनाउँदै क्रिजमा छन् । यसअघि ओपनर कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भएका थिए । भीम सार्की ७ रनमा आउट भए । राेहित पौडेल ५ तथा कुशल मल्ल २ रनमै पेभेलियन फर्किए ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १६:४७
प्रतिक्रिया दिनुहोस्