नेभिगेशन
खेलकुद

५८ रन बनाएर आउट भए आसिफ 

काठमाडौं - भारतविरूद्धको खेलमा नेपालका ओपनर आसिफ शेख ५८ रन बनाएका आउट भएका छन् । महोम्मद सिराजको बलमा उनलाई विराट कोहलीले उनलाई क्याचआउट गरेका हुन् । 

आसिफले ९७ बलमा ८ चौकासहित ५८ रन बनाएका थिए । उनले पहिलो विकेटका लागि अर्का ओपनर कुशल भुर्तेलसँग ६५ रनको साझेदारी गरेका थिए  । भुर्तेल ३८ रन बनाएर आउट भए । 

३१ औं ओभरको खेल चलिरहदाँ नेपालले ५ विकेट गुमाएर १ सय ३८ रन बनाएको छ । नेपालका गुल्सन झा र दीपेन्द्र सिंह ऐरी क्रिजमा छन् । झाले अविजित १८ रन बनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद