Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

सोमबार, भदौ १८, २०८०

काठमाडौँ - नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औँ अर्धशतक हो ।

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् ।  उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एक दिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।

आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्