Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

१२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग  बनाउनुपर्ने नेकपा एसको निष्कर्ष

सोमबार, भदौ १८, २०८०

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसी कार्यान्वयनका क्रममा १२ बुँदे व्याख्यात्मक घोषणा वेवास्ता गर्न खोजिएको भन्दै व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनायो कि बनाएर भनेर अनुगमन गर्न पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । समितिको संयोजकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, उपमहासचिव जगन्नाथ खतिवडा, सचिव गरिमा शाह र एकजना बिषयबिज्ञ रहने छन् ।

त्यस्तै, बैठकले एमसीसी अनुगमनका लागि संसदीय समिति बनाउनका पहल गर्ने निर्णय गरेको उनले बताए । संयुक्त महासभा र चीनको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गर्ने छलफल र एजेण्डाबारेमा पार्टीका तर्फबाट आधिकारिक रुपमा छलफल गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए ।

बैठकमा १० औं राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल भएको प्रवक्ता खतिवडाले बताए । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्