तस्बिरमा नेपाल र भारतबीचको क्रिकेट
काठमाडौँ– एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनायो ।
अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्यो । नेपालका लागि सुरुआती ब्याट्सम्यान आसिफ शेख एसिया कपमा तथा भारत विरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । सैँतीस दशमलव पाँच ओभर सकिँदा खेल वर्षाका कारण करिब ४५ मिनेट अवरुद्ध भएको थियो ।
तस्बिहरु : इशारा एस कोडिकारा/एएफपी
तस्बिरहरु : एरंगा जयवर्धने/एपी
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० २१:२७
प्रतिक्रिया दिनुहोस्