Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै नर्थन रेलवेद्वारा २०० भन्दा बढी रेल सेवा अस्थायी रुपमा स्थगित 

मंगलबार, भदौ १९, २०८०

नयाँ दिल्ली— भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै नर्थन  रेलवेले  सेप्टेम्बर ८ देखि ११ सम्म अस्थायी रूपमा सेवा स्थगित गरेको एक सूचनाद्वारा जानकारी दिएको छ । 

तालिका अनुसार, सेप्टेम्बर ८ मा १० भन्दा बढी रेल सेवाहरू रद्द गरिएको छ।   सेप्टेम्बर १० मा पनि १०० भन्दा बढी यात्रुवाहक रेल सेवा स्थगित गरिएको छ ।   यी अधिकांश रेलहरू दिल्लीबाट दक्षिण हरियाणाको सोनीपत—पानीपत, रोहतक, रेवारी र पलवल मार्गहरूमा चल्छन्।

यस बाहेक, दिल्ली—रेवारी एक्सप्रेस स्पेशल र रेवाड़ी—दिल्ली एक्सप्रेस स्पेशल रेलहरु सेप्टेम्बर ११ मा पनि स्थगित हुनेछ । 

यसबाहेक, त्यस अवधिमा नयाँ दिल्ली रेलवे स्टेशनबाट प्रस्थान वा आवगमन गर्न तोकिएका धेरै रेलहरू अब गाजियाबाद वा हजरत निजामुद्दीन रेलवे स्टेशनहरूबाट प्रस्थान वा आवगमन हुनेछन्। भारतले सेप्टेम्बर ९ र १० मा नयाँ दिल्लीमा जी—२० शिखर सम्मेलन आयोजना गर्नेछ।

  नयाँ दिल्लीमा हुने  शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूका नेताहरू र आमन्त्रित अतिथि देशहरू प्रतिनिधिहरुको वृहत सहभागिता हुने आयोजक राष्ट्र भारतले जनाएको छ । 

जी–२० मा  मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, अमेरिका, बेलायत र युरोपेली संघ गरी १९ देश रहेका छन् । । भारतले बंगलादेश, इजिप्ट, मौरिसस, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, सिंगापुर, स्पेन र युएईलाई  अतिथि देशका रूपमा आमन्त्रण गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्