Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

बुधबार, भदौ २०, २०८०

काठमाडौं - नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्रबाट छनोट हुन अहिले प्रतिस्पर्धा गर्दैछन्।

समूहमा दुई टोलीबीच अपराजित रहँदै शीर्षस्थान उक्लने होडबाजी चलेको छ।

मलेसियामा वर्षा भएपछि समूह ‘ए’ को खेल सुरु हुन सकेको छैन। रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले सुरुआती ब्याटिङ गर्ने निर्णय गरेको छ। दुबै टोली अपराजित रहँदै सेमिफाइलनमा यसअघि नै प्रवेश गरेका छन्।

नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा भुटानलाई ३ विकेटले तथा चौथो खेलमा कतारलाई आठ विकेटले हराएको हो।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको हो । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन्।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल ट्वान्टी २० छनोट खेल्नेछ। सेमिफाइनल र फाइनल खेल क्रमस २१ र २२ भदौमा हुने तालिका छ।

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्