Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी संसद्मा आक्रमण गर्नेमाथि २२ वर्ष जेल सजाय

बुधबार, भदौ २०, २०८०

काठमाडौं :  प्राउड ब्वाईजका पूर्व नेता इन्रिक्यु टार्रियोमाथि २२ वर्षको जेल सजाय भएको छ । उनले ६ जनवरी २०२१ मा अमेरिकी संसद्मा भएको आक्रमणको संयोजन गरेका थिए । 

यस आक्रमणमा पक्राउ परेकामध्ये सबैभन्दा धेरै जेल सजाय इन्रिक्युलाई नै मिलेको हो । अमेरिकी सांसद्हरुले जो बाइडेनको विजयको प्रमाणीकरण गरिरहेका बेला हुलदंगा र आक्रमण भएको थियो । 

३९ वर्षका टार्रियो यस हुलदंगाका क्रममा वासिङटनमा थिएनन् । तर, उनले अति दक्षिणपन्थ समूहलाई संयोजन गरेका थिए । 
यस घटनामा ११ सयभन्दा धेरै मानिसलाई पक्राउ गरिएको थियो ।

डोनाल्ड ट्रम्पको समर्थनमा उत्रिएको यो अराजक समूहले २०२० को निर्वाचनको हारलाई स्विकार्न अस्विकार गरेको थियो । ट्रम्पले २०२४ को निर्वाचनमा आफु विजयी भएमा हुलदंगाको घटनामा संलग्न सबैलाई माफी दिने घोषणा गरिसकेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्